कोरोनाका कारण कुशल गायक तथा संगीतकार जनम थुलुङको निधन — OSNepal

कोरोनाका कारण कुशल गायक तथा संगीतकार जनम थुलुङको निधन

LC (KTM) May 28, 2021 0

काठमाडौं ।कोरोनाका कारण कुशल गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ । ललितपुरस्थित एक अस्पतालमा उपचाररत गायक थुलुङको विहीबार राति निधन भएको हो । उनलाई केही साता अगाडी मात्रै कोरोना पुष्टि भएको थियो । थुलुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत दुई दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

गायक थुलुङको ‘मरे कटुन्जे’, ‘खुवालुङ खुल’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘रोक्नी वो च्योमिम’, ‘झापाकोङ्ङका डुमुबासी’, ‘बक्की बक्की स्यो’, ‘हाम बामु झाम गुई’, ‘गाउँमै छुट्यो’लगायतका गीतहरु चर्चित छन् । उनले २०७० सालमा थुलुङ भाषाको आफ्नो पहिलो एल्बम ‘आलास्यो’ र दोस्रो ‘माम पाप’ सिर्जना गरेका थिए । त्यस्तै, उनले २०७२ मा पहिलो नेपाली भाषाको एल्बम ‘दृश्य’ सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर