फिल्म समिक्षकलाई मानहानी भन्दै मुद्धा चलाईरहेका सलमान लाई आयो यस्तो आपत , आफ्नै पिताले भने – राधे फिल्म राम्रो छैन । — OSNepal

फिल्म समिक्षकलाई मानहानी भन्दै मुद्धा चलाईरहेका सलमान लाई आयो यस्तो आपत , आफ्नै पिताले भने – राधे फिल्म राम्रो छैन ।

LC (KTM) May 28, 2021 0

आफ्नो फिल्मलाई नराम्रो भन्ने फिल्म समिक्षक बिरुद्ध मानहानीको मुद्धा दायर गरेका बलिउडका सुपरस्टार सलमान खानको मुखमा यति बेला ताल्चा लागेको छ ।

किनभने आफ्नै पिता तथा बलिउडका गनिएका मानिएका स्क्रीनराईटर सलीम खानले फिल्म राधेका बारेमा पहिलो पटक आफ्नो राय प्रकट गरेका छन् । सलीम खानले राधे फिल्म बिल्कुलै नराम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

यसबाहेक सलीम खानले दबंगको एक अलग फिल्म बजरंगी भाईजान एक राम्रो फिल्म रहेको प्रतिक्रिया दिएका छन् । कतिपय फिल्म समिक्षकहरुले सलमानको राधे अरु पहिला आएका फिल्महरु बिच समानता रहेको भनिरहदा उनका पिताले भने दबंग ३ , बजरंगी भाइजान एकदमै राम्रो रहेको र अलग पनि रहेको बताएका छन् ।

तर ती फिल्महरुको तुलनामा राधे बिल्कुलै राम्रो नरहेको बताएका हुन् । तर उनले कमर्सियल फिल्मको सबै कलाकार तथा फिल्म युनिटलाई पैसा चाहिने हुँदा त्यसमा भने राधेले राम्रै सफलता पाएको बताए ।

ब्यवसायिक हिसाबलाई लिएरै छोराले पर्फमेन्स दिएको पनि उनले बताए । आर्थिक हिसाबले सबै फाईदामै भए पनि बाँकिको तुलनामा राधे फिल्म त्यस्तो राम्रो नरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर