एम्बुलेन्स चालक कुटपिट गर्ने बोहोरा समातिए ,घाइते चालकको उपचार हुँदै — OSNepal

एम्बुलेन्स चालक कुटपिट गर्ने बोहोरा समातिए ,घाइते चालकको उपचार हुँदै

LC (KTM) May 28, 2021 0

तम्घास, १४ जेठ – नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए ।

पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर