कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेपनि तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय — OSNepal

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेपनि तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय

LC (KTM) December 06, 2021 0

काठमाडौँ २० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडान हुने विषयमा सरकारले कुने निणर्य नलिएको बताएका छन् ।

नेपालमा पनि एक विदेशी सहित दुई जनालाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पुष्टि भएसँगै सोमबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको स्पष्ट पारेको हो ।

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालसहित अब ४० देशमा फैलिसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले तत्काल ‘लकडाउन नहुने भन्दै यसबारे सरकारले केही निर्णय गरेको नगरेको बताएका छन् । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर