‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने — OSNepal

‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

LC (KTM) May 28, 2021 0

काठमाडौं-रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ ।

यो शोका निर्देशक लक्ष्मण पौडेलले आउँदो साताबाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् । दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ । कोच प्रमोदले पनि हिजो मात्र कोरोना जितेको जानकारी फेसबुक मार्फत जानकारी दिएका थिए । हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो । तर, २ साता अगाडि कोरोनाको जोखिम बढेपछि शोको प्रशारण रोकिएको थियो ।आउँदो साताका लागि प्रशारण हुने भागको छायांकन भैसकेको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर