आक्रमणकारीलाई राजनीतिक संरक्षण होइन, कानूनी कारवाही गरियोस् : विवेकशील साझा — OSNepal

आक्रमणकारीलाई राजनीतिक संरक्षण होइन, कानूनी कारवाही गरियोस् : विवेकशील साझा

LC (KTM) May 28, 2021 0

काठमाडौं १४ जेठ । विवेकशील साझा पार्टीले बाँकेको भेरी अस्पतालमा भएको आक्रमण गर्नेलाई कुनै राजनीतिक संरक्षण नदिई कारवाही गर्नुपर्ने बताएको छ । पार्टीले आज एक विज्ञप्ती जारी गर्दै चिकित्सक तथा नर्समाथि भएको आक्रमणको गम्भीर खेद प्रकट गरेको हो ।

मृतकको ज्यान गएको भन्दै गरिएको आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएको बताउँदै विवेकशीले पार्टीले विज्ञप्तीमा लेखेको छ,“आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन्। समाजमा परिचित गण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन।” यस्ता आक्रमणकारीलाई राजनीतिक संरक्षण नदिई कानुनी कारवाही गर्न सरकारसँग मागगरेको छ ।

“राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ।” विज्ञप्तीमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर