प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक काममा ब्यस्त हुँदा न्यायलयको समस्या सावधान गर्न विलम्ब हुन गयो : माधव नेपाल — OSNepal

प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक काममा ब्यस्त हुँदा न्यायलयको समस्या सावधान गर्न विलम्ब हुन गयो : माधव नेपाल

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावसम्म मात्र गठवन्धन कायम रहने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको जानकारी दिएका हुन् ।

‘गठबन्धन भित्रका दल आगामी उपनिर्वाचनसम्म चुनावी तालमेल गरेर अगाडि जाने लिखित सहमति भइसकेको छ ।’ गठबन्धनको सरकार निर्माण हुने अवस्था देखिएका धेरै स्थानमा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ भन्नेमा हाम्रो निष्कर्ष रहेको छ ’ नेपालले भने ।

साथे उनले प्रधानन्यायाधीशको विषयलाई लिएर भएको विवादको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालो पहल गरेको समेत बताएका छन् ।

पार्टीको आन्तरिक कामको व्यस्थताले गर्दा न्यायलयको समस्या सावधान गर्ने बारेमा विलम्ब हुन गएको समेत जानकारी दिएका छन् ।

साथै नेपालले गठवन्धनभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा छलफल नभएको समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर