आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै लिङदेनले छाडिदिए थापालाई उनको कुर्सी र कोठा — OSNepal

आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै लिङदेनले छाडिदिए थापालाई उनको कुर्सी र कोठा

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् ।

आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका उनले पदभार ग्रहण समेत छुट्टै कोठामा गरेका हुन् ।

सोमबार पदभार ग्रहण गर्दै नवनिर्मित लिङदेनले भने, विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’

पत्रकारहरुले किन अर्को कोठामा पदभार ग्रहण गर्नु भएको भन्ने प्रश्नमा लिङदेनले कमल थापाको लागि सो कुर्सी र कोठा राखिदिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर