एमालेमाथि जाइलाग्नुहुन्छ भने एमालेले पनि छाड्नेवाला छैन किनभने एमाले एकसिंगे गैँडा हो : योगेश भट्टराई — OSNepal

एमालेमाथि जाइलाग्नुहुन्छ भने एमालेले पनि छाड्नेवाला छैन किनभने एमाले एकसिंगे गैँडा हो : योगेश भट्टराई

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एकसिंगे गैंडा एकै भएको भन्दै जाइलाग्दे माथि एमालेले नछोड्ने बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’ भट्टराईले भने ।

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले पाँच दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर