'भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो' — OSNepal

‘भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो’

LC (KTM) May 28, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन् । स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा बिहीबार भएको आक्रमणको आवश्यक छानविन गरी दोषीमाथि कारवाही गर्न अध्यक्ष राणाले माग गरेका छन् ।

संकटको समयमा स्वास्थ्यकर्मीको हौसला कायम राख्नु पर्दछ भन्दै राणाले जोड दिएका छन् । संयम अपनाउदै स्वास्थ्यकर्मीलाई सहयोग गन उनले शुक्रबार ट्वीट गर्दै सबैमा अपिल गरेका छन् ।‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो ।

संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह बर्करार राख्न अपिल गर्दछु,’ अध्यक्ष राणाले भने । ‘आवश्यक छानविन र दोषीमाथि कारवाहीको माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर