राष्ट्रपतिको हतारको निणर्यलाई अदालतले बदर गर्छ:कृष्णप्रसाद सिटौला — OSNepal

राष्ट्रपतिको हतारको निणर्यलाई अदालतले बदर गर्छ:कृष्णप्रसाद सिटौला

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिले कसैसँग परामर्श नलिई संसद विघटन गरेर गल्ती गरेको बताएका छन् । यस वषयमा राष्ट्रपतिले दुई दिन मात्र कानुनविद्हरूलाई, संविधानविद्हरूलाई बोलाएर परामर्श गरेको निष्कर्ष निस्किन्थ्यो तर हतारिएर राति नै चुनावको घोषणा गरेर गल्ती गरेको नेता सिटौलाले राष्ट्रपतिको निणर्य बदर हुने पनि दावी गरेका छन् ।

सिटौलाले भने,’ शेरबहादुरजीले १४९ जना सदस्यहरूको मलाई विश्वास छ भनेर हस्ताक्षरसहित आधार प्रस्तुत गर्नुभयो र जानुभयो । ओलीजीले दलहरूको समर्थन छ है भनेर जानुभयो । धारा ७६ 9५) भनेको दलहरूको समर्थन लिएर जाने व्यवस्था होइन । दलहरूको समर्थन लिएर जाने व्यवस्था चाहिं ७६ (२) मा मात्र छ, उपधारा ५ मा होइनकृष्णप्रसाद सिटौला । राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरि ३० दिनमा विश्वासमो मत लिन भन्नुपर्ने हतार निणर्य लिएको सिटौलाको ठहर छ ।

‘शेरबहादुरजीले हस्ताक्षरसहित आधार प्रस्तुत गर्नुभयो दाबी गर्न । त्यसकारण राष्ट्रपतिले शेरबहादुरलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्दथ्यो र संसदमा ३० दिनभित्र विश्वासको मत लिन भन्नुपर्दथ्यो । नियुक्त भएपछि शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राख्नुपर्दथ्यो र त्यहाँको पार्टीको समर्थनमा होइन, सदस्यहरूबाट समर्थन जुटाउन सक्नुपर्दथ्यो प्रधानमन्त्री रहिरहनको लागि’ उनले अघि भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर