नेपालमा ह्वात्तै घट्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, आज थप ९६ जनाको निधन — OSNepal

नेपालमा ह्वात्तै घट्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, आज थप ९६ जनाको निधन

LC (KTM) May 28, 2021 0

काठमाडौं । नेपालमा शुक्रबार नयाँ संक्रमित भन्दा निको हुनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो ३ दिनदेखि लगातार नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ६ हजार ९५१ जना संक्रमित थपिँदा ९ हजार ८४१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै आज , थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर