ओली सरकार रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई उन्मुक्ति नदिइयोस् — OSNepal

ओली सरकार रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई उन्मुक्ति नदिइयोस्

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले भेरी अस्पतालमा हिजो राति स्वास्थ्यकर्मी माथि भएको आक्रमण निन्दनीय भएको बताएका छन् ।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार !यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य भएको भन्दै नेता थापले ट्वीटर मार्फत यस्ता दोषीलाई कुनै वहानामा पनि उन्मुक्ति नदिइयोस् भन्दै आग्रह गरेका छन् ।

नेता थापाले प्रधामन्त्री ओलीको अकाउन्टमा मेन्सन गर्दै ओली सरकार भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस् भनेर कडा जवाफ दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ,कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार१यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ।  PM @ Nepal भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर