निवेदकको प्रश्न इजलासलाई, धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ को प्रक्रिया पूरा गर्न हुने कि नहुने ? — OSNepal

निवेदकको प्रश्न इजलासलाई, धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ को प्रक्रिया पूरा गर्न हुने कि नहुने ?

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । दोस्रो पटक विघटन भएको संसद पुर्नस्थपना हुनुपर्छ भन्दै सर्वोच्चमा परेको रिटको सुनुवाई आजबाट सुरु भएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराको इजलासमा सुरु भएको सुनुवाईमा आज पहिलो दिन संवैधानिक इजलासले रिट निवेदकको बहस सुनिरहेको छ । पहिलो बहस गर्ने निवेदक सन्तोष भण्डारीले विश्वासको मत लिनुभएन, राजीनामा पनि दिनुभएको छैन । अदालतप्रति भरोसा छ । निर्वाचन रोक्न र संसद् पुनस्स्थापना गर्न अन्तरिम आदेश जारी हुनेमा आशा राखेको बताएका छन् ।

अर्का कानुन व्यवसायी सुजन नेपालले इजलासलाई प्रश्न गर्दै प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ को प्रक्रिया पूरा नगरी अघि बढेको बताए ।ुधारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ को प्रक्रिया पूरा गर्न हुने कि नहुने रु, सोधेका छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले अनिवार्य रूपमा संविधानको धारा ७६ को उपधारा ४ बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने जिकिर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर