काठमाडौँ १४ जेठ । भेरी अस्पतालको स्वास्थ्यकर्मीहरुमा भएको आक्रमणमा संलग्न जो कोहीलाई भएपनि गृह मन्त्रालयले कानुनी कारवाही गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहाले आज एक विज्ञप्ती जारी घटनामा संलग्न व्यत्तिलाई कानुनी कारवाही गर्ने बताएका हुन् ।
कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।