चर्चित गायिका कल्पना दाहालको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो — OSNepal

चर्चित गायिका कल्पना दाहालको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

LC (KTM) May 28, 2021 0

काठमाडौँ । इन्द्रेणीमा रमेश प्रसाईसँग दोहोरी गाएर चर्चामा आएकी गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज बिहानैदेखि सुन्दरी कल्पनालाई शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

पछिल्लो समय आफ्नै आवाजमा गीत रेकर्ड गराएर उनी जति चर्चामा छिन् लाइभ दोहोरी गाएर झनै चर्चा कमाइरहेकी छिन् । कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनी सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरू निकालेकी छिन् भने धेरै गीतहरूमा आवाज पनि दिएकी छिन्। कल्पनालाई जन्मदिनको लाखौँ लाख शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर