चार्टर उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारले खुल्ला गर्याे, यी देशमा नियमित उडान — OSNepal

चार्टर उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारले खुल्ला गर्याे, यी देशमा नियमित उडान

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । कोरोना संक्रमणका कारण बन्द गरिएको अन्तराष्ट्रिय उडान अब जेठ १८ गतेबाट नियमित उडान हुने भएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चार्टर उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारले नेपालसँग नियमित उडान भइरहेका छिमेकी देश भारतसहित चीन, कतार र टर्कीका नियमित उडान खोल्ने निर्णय गरेको हो ।

जेठ १८ गतेबाट कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको बालुवाटार स्रोतले जनाएको छ । साथै उडान भर्ने यात्रूहरु मध्ये खोपको दुवै डोज लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निणर्य भएको छ , एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने छ ।

खोप नलगाएको तर पीसीआर नेगेटीभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर