प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइका लागि संवैधानिक इजलास गठन — OSNepal

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइका लागि संवैधानिक इजलास गठन

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिनुभएको छ ।

प्रधानन्यायाधीश राणाको एकल इजलासले बिहीबार १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि आज सुनुवाइ हुनेछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर