स्वास्थ्यकर्मीमाथि आक्र मण गर्नेलाई कारवाही गर्न सरकारसँग सभापति देउवाको माग — OSNepal

स्वास्थ्यकर्मीमाथि आक्र मण गर्नेलाई कारवाही गर्न सरकारसँग सभापति देउवाको माग

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्र मण हुनु निकै निन्दनीय कार्य भएको बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महा मारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्र मणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।

यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अ भद्र भीड पुगेर गरिएको आक्र मणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्र मणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर