आफ्नो स्वास्थ्यको ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्नुपर्छ — OSNepal

आफ्नो स्वास्थ्यको ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्नुपर्छ

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकाषर्ण भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल मार्फत आफ्नो स्वाथ्यको ख्याल समेत नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गनुर््पर्ने भन्दै सरकारसँग माग गरेका हुन् ।

प्रचण्डले भनेका छन्,‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर