काठमाडौं १७ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वर्तमान अध्यक्ष कमल थापाले आफुले एकता महाधिवशनमा अत्यधिक बहुमतले जित्ने दावी गरेका छन् ।
भोली शनिबार हुनु लागेको निवार्चन पार्टी अध्यक्षको उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुगेका थापाले यस्तो दावी गरेका हुन् ।
‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं ।’ उम्मेदवारी दर्ता पछि सञ्चारमाध्यसँग थापाले भने ।
अब फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्दैन, ढुक्क भए हुन्छ भन्दै थापाले राप्रपाका अध्यक्षत्रय ( आफू, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी) ले मन, वचन र कर्मले प्रतिवद्ध रहेको बताएका छन् ।