माओवादी केन्द्रको विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति गठन,सम्मेलनमा आउने प्रतिनिधिहरूको प्रवेश शुल्क पनि तोकियो — OSNepal

माओवादी केन्द्रको विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति गठन,सम्मेलनमा आउने प्रतिनिधिहरूको प्रवेश शुल्क पनि तोकियो

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी किमिटको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ।

आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। जसमा उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहने भएका छन् ।

बैठकमा राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नविकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ। साथै आउने प्रतिनिधिहरूको प्रवेश शुल्क सुमेत बैठकले तोकेको छ ।

प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर