सरकारलाई ओलीले दिए चुनौती पार्टीले निष्काशन गरेको सांसदबाट कसरी संसद चल्दो रहेछ हामी र्हेछौं — OSNepal

सरकारलाई ओलीले दिए चुनौती पार्टीले निष्काशन गरेको सांसदबाट कसरी संसद चल्दो रहेछ हामी र्हेछौं

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले निष्काशन गरेको व्यक्तिहरु संसदमा राखे संसद चल्न नदिने बताएका छन् ।

आज दोस्रो पटक पार्टीको अध्यक्षमा पदवहाली गर्दै केन्द्रिय पार्टी कार्यालय थापाथलीबाट ओली संसद चल्न नदिने बताएका हुन् ।

‘(संसद_ किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’ ओलीले भने ।

माधव नेपाल लगायत सहितका सांसदलहरुलाई आफ्नो पार्टीले कारवाही गरेको सुचना सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइ नगरी पद कायम गरिदिएको आरोप लगाएका ओलीले सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको दावी गरेका छन् ।

ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर