गठबन्धनको सरकारबाट देश चलेको छैन, त्यसैले छिटोभन्दा छिटो देशको समय बर्बाद नगरी ताजा जनादेशमा जानुपर्छ — OSNepal

गठबन्धनको सरकारबाट देश चलेको छैन, त्यसैले छिटोभन्दा छिटो देशको समय बर्बाद नगरी ताजा जनादेशमा जानुपर्छ

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार दोस्रो पटक अध्यक्षको काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् ।

पदबहाली गर्दै अध्यक्ष ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउन जतिसक्दो चाँडो ताजा जनादेशमा जानुपर्ने बताएका छन् । राष्टिय राजनीति अन्योलग्रस्त अवस्था भएको बताएका ओलीले देश अहिले वर्तमान गठबन्धनको सरकारबाट चलिरहेको छैन भनेका छन् ।

‘सबैले अनुभूत गरेको कुरा हो, भन्न नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?,’ ओलीले प्रश्न गरे ।

देशको समय बर्बाद गर्नु हुँदैन भनेका ओलीले ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न नसक्ने जसले गर्दा छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर