अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो : प्रधानमन्त्री देउवा — OSNepal

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो : प्रधानमन्त्री देउवा

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था भएको ठोकुवा गरेका छन् ।

शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको दावी गरेका छन् ।

‘कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्‍यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ देउवाले भने ।

यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व आफ्नो काँधमा भएको बताएका उनले अभि भनेका छन् , ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षभित्रै संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । त्यसैले यो महाधिवेशन लगत्तै हाम्रो ध्यान चुनावमा हुनुपर्छ,’ ।

पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने बताएका उनले महाधिवेशन लगत्तै सबै नेता कार्यकर्ता ध्यान चुनावको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर