संघीयता र गणतन्त्र असफल भैसक्यो अब हामीसँग माटो सुहाउँदो एजेन्डा छ : राणा — OSNepal

संघीयता र गणतन्त्र असफल भैसक्यो अब हामीसँग माटो सुहाउँदो एजेन्डा छ : राणा

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशमशेर राणाले राप्रपा राष्ट्रिय पार्टी हुन नसकेको बताएका छन् । एक कार्यक्रममा सहभागी भएका नेता राणाले अब यो भन्दा तल जाने ठाउँ नभएको समेत बताएका छन् ।

‘आज राप्रपा राष्ट्रिय पार्टी हुन सकेको छैन । एउटा सांसद र एउटा मेयरमा खुम्चिएको छ । यो भन्दा तल झर्ने ठाउँ छैन । त्यसैले पार्टीको कार्यशैलीमा आमूल परिवर्तनको खाँचो छ । त्यो काम वर्तमान नेतृत्वले गर्न सक्दैन ।’

नेता राजेन्द्र लिङदेनको समुहबाट महामन्त्रीमा उम्मेदवार दिएका राणाले अध्यक्ष कमल थापा हुनुमा कुने आपत्ती नभएको भन्दै उनले थापाको ग्राफ एकदमै तल झरेकाले विकल्प खोज्नुपरेको बताएका छन् । उहाँको नाममा पार्टीलाई जनताले भोट हाल्ने अवस्था नरहेकाले नेतृत्व परिवर्तनको प्रयास भएको हो ।” उनले भने ।

‘धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रले मुलुक र जनतालाई कहाँ पुर्याएको छ ? त्यसलाई आत्मसात गरेर हुने के हुनेवाला छ ? संघीयता र गणतन्त्र असफल भैसक्यो । त्यसैले जनता विश्वासिलो समूह या पार्टी पर्खिरहेका छन् । हामीसँग माटो सुहाउँदो एजेन्डा छन् । त्यो राम्रो नेतृत्व नपाएर ओझेल परेको छ ।’

चुनाव जसले जिते पनि पार्टी फुट्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर