भेरी अस्पताल प्रकरण: घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न देउवाको माग — OSNepal

भेरी अस्पताल प्रकरण: घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न देउवाको माग

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । हिजो राति कोरोना संक्रमित एक बिरामी उपचारको क्रममा ज्यान गएपछि मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका थिए । जुन घटनालाई लिएर सभापति देउवाले आज ट्वीटर मार्फत घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटिएका चिकित्सक तथा नर्सहरुमाथि आक्रमण हुनु निन्दनीय भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् ,’नेपालगञ्जस्थित भेरी -अस्पतालका डाक्टर र नर्सहरुमाथि ३आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो ३महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा  कारवाही गर्न माग गर्दछु।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर