धनगढी-धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृ त भेटिएका छन्। अन्दाजी २७ र २८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।उनको पहिचान भने खुल्न सकेको छैन् ।
उनी बुधबार दिउँसोतिर बसपार्कमा हिनरहेको देखिएको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
यो पनि पढ्नुहोस- आज भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन आग्रह : ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने छ ।
यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ। यता, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।