थप ३१५ जनामा कोरोना संक्रमण , २०१ जना निको र ६ जनाले गुमाए अकालमै ज्यान — OSNepal

थप ३१५ जनामा कोरोना संक्रमण , २०१ जना निको र ६ जनाले गुमाए अकालमै ज्यान

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै आजसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २०१ जना निको भएका छन् । ६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ

कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर