काठमाडौं १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारस्ी महाधिवेशनमा नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
नेता राजेन्द्र लिङदेन समुहबाट महान्त्रीमा उम्मेदवारी दिएकी नायिका थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार भएको समेत बताएकी छन् ।
आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी थापाले
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने दावी गरेकी छन् ।
राप्रपाका महामन्त्रीको उम्मेदवारीका लागि रु ५० हजार रुपैंया तोकिएको छ ।