एमालेको महाधिवेशनलाई झटारो हान्दै शर्माले भने - हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ — OSNepal

एमालेको महाधिवेशनलाई झटारो हान्दै शर्माले भने – हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नेतृत्वको आलोचना र विरोध गर्न पाइने भन्दै नेकपा एमालेलाई लक्षित गर्दै बताएका छन् ।

बिहिबार पत्रकाहरुसँगको कुराकानीमा हाले एमालेको भएको १० औं महाधिवेशनलाई लक्षित गर्दै प्रवक्ता शर्माले कांग्रेसको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने स्पष्ट पारेका हुन् ।

आफ्नो आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न समेत पाइने बताएका छन् । साथै पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिनेसमेत बताएका छन् । महाधिवेशनमा मंसिर २४ गते काठमाडौंमा उद्घाटन हुने भएको छ ।

आजै प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाको महाधिवेशनको लागो सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर