नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि काठमाडौंका यी तीन स्थानमा मतदान केन्द्र , २९ वटा मतपत्र — OSNepal

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि काठमाडौंका यी तीन स्थानमा मतदान केन्द्र , २९ वटा मतपत्र

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि तीन स्थानमा मतदान केन्द्र राखिने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार तीन स्थानमा जम्मा २९ वटा मत पत्र राखिने भएको छ ।

मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने समेत प्रवश्ता शर्माले बताएका छन् ।

 आउँदो  २४ गतेदेखि काठमाडौंमा  उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ मुल नाराका  साथ  महाधिवेशनको उद्घाटन हुने  भएको  छ  ।  

२५ गते मनोनय दर्ता , २६ गते उम्मेदवारको अन्तिम सुची प्रकाशन तथा २७ गते मतदात गर्ने कार्यसुची रहेको छ । मतदान गर्ने तीन स्थानमा भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर