एनआरएन चुनाव : सबै प्रचारमा लाग्दा काठमाडौंमा खाना बाँड्न ब्यस्त छन् सुरेश — OSNepal

एनआरएन चुनाव : सबै प्रचारमा लाग्दा काठमाडौंमा खाना बाँड्न ब्यस्त छन् सुरेश

LC (KTM) May 28, 2021 0

काठमाडौँ । यतिबेला अमेरिकामा गैरआवासीय नेपाली संघ  (एनआरएन)  अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को चुनाव छपक्कै छाएको छ । उम्मेदवारहरु भोट माग्न ब्यस्त रहेका बेला एनसीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धवारी दिएका सुरेश वाग्ले भने नेपालमै कोरोनाले समस्यामा परेका नेपालीहरूको सुख दुखमा साथ दिइरहेका छन् ।

यही मे २९ र ३० मा हुने निर्वाचनमा सबै उम्मेद्धवारहरू प्रचारप्रसारमा व्यस्त भइरहँदा एनसीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धवारी दिएका सुरेशलाई प्रचार प्रसार भन्दा समाजसेवा नै महत्वपूर्ण लाग्यो र उनी उम्मेदवार भएता पनि देशवासीको दु:खमा हातमा हात र काँधमा काँध मिलाउनमा ब्यस्त छन् ।

कोरोना महामारी उत्कर्षमा पुगेका बेला उनी मातृभूमिमा अप्ठ्यारमो परेका, समयमा खाना खान नपएिकाहरुलाई खान बाँड्न, लुगा फाटो र कपडा दिनमा ब्यस्त बनेका छन् । सर्लाहीका वाग्ले अमेरिकाको बोस्टनमा बस्दै आएका छन् । उनी गीतसंगीतको क्षेत्रमा सक्रिय सर्जक पनि हुन् । पहिलेदेखि नै सामाजिक काममा चासो राख्ने भएको हुँदा सदैव यही काममा लाग्न रुची लाग्ने भएका कारण सेवा नै धर्म हो भन्ठान्छन् उनी ।

भन्छन् एनसीसी बोर्ड आफ डाइरेक्टरका उम्मेदवार वाग्ले चुनावको प्रचारप्रसार छोडेर नेपालमै बसेर परोपकारका क्षेत्रमा काम गर्न पाउँदा आनन्द महसुस भइरहेको छ । वाग्ले चुनावमा हारजित जे भए पनि नेपालमा बसेर सेवा गर्न पाएकोमा खुशी छन् । प्लेन, चुनाव, होटलमा गर्ने खर्चले त म यहाँ निषेधाज्ञाले समस्यामा परेका मजदूरहरूलाई सहयोग गर्नुमा उनले आफ्नो जित देखेका छन् ।

अमेरिका उड्ने समयमा उनले काठमाडौँमा निशुल्क खाना वितरण गर्ने क्रममा ससना बच्चाहरू प्लास्टिकको प्लेट थापेर खाना कुर्दै बसिरहेको देखेँपछि उनलाई अमेरिका तत्कालै जान मनले नै नमानेको बताउँछन् । भन्छन् मेरो अमेरिकाको चुनावमा जे होला तर अझै केही दिन यहीँ बसेर नेपालीहरूको सेवा गर्नुपर्छ भन्ने लाग्यो । त्यही भएर प्लेन नै छुटाइदिए । उनले यो चुनाव जिते पनि हारे पनि आँफुले मानस सेवा नै धर्म हो भन्ने बुझेका कारण मानव सेवालाई सदैम आफ्नो कर्म ठानेको र यो कर्म कहिल्यै पनि नछाड्ने कुरामा प्रतिवद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर