संसद विघटनविरुद्ध सर्वोच्चमा परेका ३० वटा रिट मध्ये जम्मा चार वटा रिट प्रधानमन्त्री ओलीको पक्षमा — OSNepal

संसद विघटनविरुद्ध सर्वोच्चमा परेका ३० वटा रिट मध्ये जम्मा चार वटा रिट प्रधानमन्त्री ओलीको पक्षमा

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको ३० वटा रिटको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । यसअघि प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराको एकल इजलासमा परेको १९ वटा रिट पनि संवैधानिक इजलासमा पठाउने आदेश भएपछि आजबाट ३० वटा रिटको संवैधानिक इजलासमा नै सुनुवाई हुने भएको हो ।

दर्ता भएका रिट मध्ये २६ वटा रिट संसद पुर्नस्थापनाको पक्षमा रहेको छ । भने जम्ममा चार वटा रिट प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको छ । पुन प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्नुपर्ने माग सहित चार वटा रिट ओलीको पक्षमा रहेको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधिश जवरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी लगायतका न्यायाधीश रहेका छन् । जसमा वरिष्ठताको आध चार प्रधानन्यायाधिशलाई छनोट गरिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर