राप्रपालाई माधव नेपालको आग्रह : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्नुहोस् — OSNepal

राप्रपालाई माधव नेपालको आग्रह : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्नुहोस्

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन सबै राजनितिक दलहरु सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

सम्बोधनलाई उनले राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न समेत आग्रह गरेका छन् ।

‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइ राख्नोस् । तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् ‘ नेता नेपालले भने ।

अब इतिहास अगाडी बढिसक्यो भन्दै उनले उद्घाटन कार्यक्रममा अब इतिहास पछाडि जाँदैन त्यसैले सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं । प्रतिगमनतर्फ कोही नलाग्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर