दैनिक आधा दर्जन सङ्क्रमितको मृ त्यु भैरहेको भक्तपुरमा बुधबार शून्यमा झर्यो — OSNepal

दैनिक आधा दर्जन सङ्क्रमितको मृ त्यु भैरहेको भक्तपुरमा बुधबार शून्यमा झर्यो

LC (KTM) May 28, 2021 0

भक्तपुर- भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या बुधबार शून्यमा झरेको छ । नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृ त्यु भइरहेको भक्तपुरमा बुधबार कसैको पनि मृ त्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा बुधबारसम्म २४५ सङ्क्रमितको मृ त्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा मङ्गलबार आठ, सोमबार छ र आइतबार छ सङ्क्रमितको मृ त्यु भएको थियो । भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृ त्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृ त्यु भएको मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ ।

भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत घट्न थालेको छ । यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको मिजारले बताउनुभयो । भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए । यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर