कोरोना संक्रमितको उपचारका लागि रामकृष्णले गरे शब्दमा नै तारिफ गर्न नसकिने काम, १८ लाख रुपैयाँ सहयोग जुटाएर दिए — OSNepal

कोरोना संक्रमितको उपचारका लागि रामकृष्णले गरे शब्दमा नै तारिफ गर्न नसकिने काम, १८ लाख रुपैयाँ सहयोग जुटाएर दिए

LC (KTM) May 28, 2021 0

काठमाडौं । गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमितको उपचारका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । अहिले अमेरिकामा रहेका उनले अक्सिजन अभावमा नेपालमा दिनदिनै कोरोना संक्रमितको मृत्यु भइरहेको खबरले मर्माहत भएकाले सहयोग जुटाएको बताए । गायक ढकालले अमेरिकामा रहेका आफ्ना दर्शकरस्रोताबाट सहयोग रकम संकलन गरिएको जानकारी दिए ।

सांगीतिक कार्यक्रम गर्न अमेरिका गएका उनी कोरोना महामारीका कारण उतै रोकिएका हुन् । उनले सहयोग जुटाएर नेपाल पठाएका हुन् । गायक ढकालले भने, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीले खुला हृदयले सहयोग गर्नुभएको छ ।सौर्य दैनिकमा खबर छ ।

यही क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख नेपाली यस्तो विषम परिस्थितिमा पनि निःस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनुभएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा वायरमार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’ उनले सहयोग गर्ने सहयोगीको नाम र रकमको सूची पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर