आखिर किन करण जौहरको फिल्ममा गरिवीले स्थान पाउँदैन ? के धनीहरुका लागि मात्रै फिल्म बनाउने हुन् धनी भन्दा गरिब बढी भएको भारतमा ? — OSNepal

आखिर किन करण जौहरको फिल्ममा गरिवीले स्थान पाउँदैन ? के धनीहरुका लागि मात्रै फिल्म बनाउने हुन् धनी भन्दा गरिब बढी भएको भारतमा ?

LC (KTM) May 28, 2021 0

मुम्बई । बलिउड निर्माता निर्देशक करण जौहरलाई धनाढ्यका कुरामार्फ फिल्ममा ल्याउने सिनेकर्मीका रूपमा अंकित गरिएको छ । भारतमा महँगा फिल्म बनाउने सिनेकर्मीका रूपमा उनी परिचित छन् । त्यसैले गरिब महिलाका समस्यालाई फिल्ममा पटक्कै स्थान नदिने, तल्लो वर्गका पीडालाई उठान नगर्ने सिनेकर्मीको आरोप उनले लामो समयदेखि खेप्नुपरेको छ ।
धर्मा प्रोडक्सनबाट लामो समयदेखि फिल्म बनाउँदै आएका करण जौहरले जहिलेदेखि फिल्म निर्माण निर्देशन गर्न थाले । त्यसपछिबाट उनले आफ्नो ब्यानरमा गरिबमा निर्मित सिनेमामा गरिबका कथालाई उठाएका छैनन् ।

करण जौहरले बनाएका दर्जनौं फिल्म कुछ कुछ होता है, कवि खुसी कवि गम, ए जवानी है दिवानीदेखि हालै निर्माण भएको दोस्ताना २ सम्मलाई नियाल्दा सबैमा सम्पन्न वर्गको मात्र कथा समेटिएको छ ।यही कारण कतिपयले करण जौहरसँग भारतका गरिब जनताबारे कत्ति पनि ज्ञान नभएको आरोप लगाएका छन् । बौद्धिक ज्ञान नभएको पुँजीवादी निर्माता निर्देशकको आरोप खेप्दै आएका करणले गरिबहरू पनि पिजा र बर्गर नै खान्छन् भन्ने सोच्ने गरेको ठट्टा बलिउडमा गरिन्छ । तर, आफूलाई गरिबहरूको जीवनीबारे जानकारी भएको यी निर्देशकको कथन छ ।

करणको भनाइमा उनी गरिब बस्तीमा पुगेका छन् । उनीहरूको पीडा पनि आफूले नजिकबाट नियालेको उनले बताएका छन् । तर, गरिबका कथालाई फिल्ममा ल्याउन आफूलाई कहिल्यै मन नलागेको उनले बताएका छन् । अझ गरिब महिलाका पीडामा फिल्म बनाउन उनलाई कैयौं कथाहरू आउने गरेका छन् । तर, ती सबै कथालाई उनले महŒव दिने गरेका छैनन् ।करणलाई मध्यम वर्गका भारतीयको जीवन कथामा फिल्म बनाउन धेरैले सुझाव दिए । तर, आफूले त्यो सुझावलाई ग्रहण नगरेको उनले स्वीकारेका छन् । करण जौहरका फिल्म भन्नासाथ धनी मानिसहरूको सुसम्पन्न जीवनशैली र उनका सन्तानका कथा हुन्छन् भन्ने मान्यता स्थापित भइसकेको छ । त्यसैले आफूले यो मान्यता टुटाउन नचाहेको उनले बताए ।

‘महँगा कपडा लगाउने, सोखिन जीवन शैलीमा रमाउने निर्माता निर्देशकका रूपमा मलाई लिने गर्दा रहेछन् । त्यसैले मैले मध्यमवर्गको सिनेमा राम्रो बनाउँछु भन्ने विश्वास दर्शकलाई छैन । म जुन समाजमा छु त्यही समाजको कथालाई फिल्ममा उतार्नुपर्छ भन्ने मान्यताले मैले धनाढ्यको कथामा मात्र सिनेमा बनाउने गरेको हुँ ।’ निर्देशक करणले भने, ‘गरिब तथा मध्यम वर्गका भारतीयको कथामा बनेको कैयौं सामाजिक फिल्म मैले हेरेको छु । जब मैले हम आपके है कौन जस्तो सम्पन्न र उच्च वर्गको पारिवारिक कथामा निर्माता सिनेमा हेरें ।’ त्यहीबेलादेखि सम्पन्न वर्गको कथामा मात्र सिनेमा बनाउने निर्णय गरेको उनले बताए ।

स्टार कलाकारसँग मात्र काम गर्ने र स्टार कलाकारका छोराछोरीलाई मात्र आफ्नो फिल्ममा महत्व दिने गरेको आरोप पनि खेप्नुपरेको छ । पछिल्लो समय सिनेकर्मीका छोराछोरी बरुण धवन, आलिया भट्ट, श्रद्धा कपुर, साराअली खान, अनन्या पाण्डे, जान्हवी कपुरसहित धेरै नायक नायिकाका रूपमा बलिउडमा उनले डेब्यु गराए गरिब र मध्य वर्गका संघर्षका विषयमा सामाजिक फिल्म बनाउने निर्माता निर्देशक बलिउडमा धेरै भएको उनको भनाइ छ । आफूले बलिउडमा उच्च वर्गका मानिसको सम्पन्न जीवनमा फिल्म बनाउने सिनेकर्मीको उपमा पाइसकेकाले त्यो शैलीलाई अब नछाड्ने करणले बताएका छन् । राजधानि दैनिकमा खबर छ । करण जौहरणलाई कथाभन्दा पनि डेकोरेसनमा ध्यान दिएर सिनेमा बनाउने निर्माता निर्देशकको आरोप छ ।

आफूमाथि लागेको आरोप उनले स्विकारेका छन् । फिल्ममा दर्शकले सुन्दर कुरा हेर्न चाहने भएकाले आफूले दृश्य सुन्दरता र सजावटमा बढी नै महत्व दिने गरेको उनकोे कथन छ । स्टार कलाकारसँग मात्र काम गर्ने र स्टार कलाकारका छोराछोरीलाई मात्र आफ्नो फिल्ममा महत्व दिने गरेको आरोप पनि खेप्नुपरेको छ । पछिल्लो समय सिनेकर्मीका छोराछोरी बरुण धवन, आलिया भट्ट, श्रद्धा कपुर, साराअली खान, अनन्या पाण्डे, जान्हवी कपुरसहित धेरै नायक नायिकाका रूपमा बलिउडमा उनले डेब्यु गराए । तीनै कलाकार करणको एकपछि अर्को फिल्ममा प्रस्तुत हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर