कमल थापाले यो प्रस्ताव नमानेपछि मैले लिङदेनलाई समर्थन गरेको हुँ : डा लोहनी — OSNepal

कमल थापाले यो प्रस्ताव नमानेपछि मैले लिङदेनलाई समर्थन गरेको हुँ : डा लोहनी

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफुहरु तिन जना अध्यक्षबाट पार्टी फुट्ने काम नहुने दावी गरेका छन् ।

आज बुधबार बिहान एक कार्यक्रममा लोहनीले पार्टीभित्र सर्वसम्मतिको प्रयास असफल भएपछि आफूले राजेन्द्र लिङ्देनलाई पार्टी नेतृत्वका लागि समर्थन बताउँदै यस्तो बताएका हुन् ।

नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिन कमल थापा नमानेपनि आफुले लिङदेनलाई समर्थन गरेको बताएका हुन् ।

“मैले चार महिनाअघि नै भनिसकेको थिएँ- हामी तीन जना अध्यक्ष छौं । पशुपतिशमशेरजी २० वर्ष अध्यक्ष हुनुभयो, कमल थापाजीले पनि १२-१५ वर्ष चलाउनुभयो । अब कि सहमतिमा मलाई नेतृत्व दिनोस्, त्यसो हुन सक्दैन भने दोस्रो पुस्तालाई जिम्मा दिऔं । हामी बोर्ड अफ गभर्नर भएर नीति निर्माण तहमा बसौं । तर मेरो प्रस्ताव कमल थापाले नमानेपछि मैले माननीय राजेन्द्र लिङ्देनलाई समर्थन गरेको हुँ ।” लोहनी भने ।

जसले जिते पनि अब राप्रपा नफुट्ने दावी गरेका उनले प्रजातान्त्रिक पद्धतिमा हारजित स्वीकार गर्नुपर्ने बताएका छन् । पार्टीलाई धनी बनाउने र सत्ताको दुरुपयोग गर्ने बाहेक केही सोच छैन ।

नेपालीलाई जोड्ने शक्तिका रुपमा संविधानभित्रको राजतन्त्र स्थापना, नेपालको ५ हजार पुरानो सभ्यता र पहिचान हिन्दु धर्मसापेक्ष मुलुक घोषणा, विगत २०-३० वर्षमा नेताहरुले कमाएका सम्पत्तिमाथि छानबिन गर्न नागरिक आयोग गठन र युवाहरुलाई नेपालभित्रै रोजगारी दिने प्रबन्ध नै राप्रपाको एजेन्डा हुन् ।” कार्यक्रममा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर