अध्यक्ष ओलीलाई भट्टराईको शुभकामना : विगतका कामबाट पाठ सिकेरप्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् — OSNepal

अध्यक्ष ओलीलाई भट्टराईको शुभकामना : विगतका कामबाट पाठ सिकेरप्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस्

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेको १० औं महाधिवशेनमा एक पटक फेरि अध्यक्षमा नियुक्त भएका नेता केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत महाधिवेशनमा निर्वाचित बसैलाई शुभकामना दिएका हुन् ।

उनले भनेका छन् ,’अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहॉको टिमलाई हार्दिक वधाइ१ विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना’

अध्यक्ष ओलीले डा भीम रावललाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् ।

नेता भट्टराईले लेखेका छन्, नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहॉको टिमलाई हार्दिक वधाइ१ विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर