आज भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन आग्रह — OSNepal

आज भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन आग्रह

LC (KTM) May 28, 2021 0

काठमाडौंुयास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने छ ।

यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ। यता, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा साथै गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर