चितवन । नेकपा एमालेको १० औं महाधिवशेनमा भएको निवार्चनमा सात जना सचिव निर्वाचित भएका छन् । सात जनामा सबैभन्दा धेरै मत भने गोकर्ण विष्टले ल्याएका छन् । विष्टले १९७६ मत पाएका छन् ।
त्यसैगरी योगेश भट्टराईले , १९६४ मत , पद्मा अर्यालले ८०० मत ,लेखराज भट्टले १७०४मत , टोपबहादुर रायमाझीले १७०० मत र घुवीर महासेठले १५१३ मत पाएका छन् ।
यी सबै सचिव अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । अोलीले प्रस्ताव गरेको उम्मेदवारमा आपत्ती जनाउँदै उम्मेदवार दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।