बारपाकमा भयाभह बन्दै कोरोना, दिनमै ३ जना कोरोना संक्रमितको मृत्यु — OSNepal

बारपाकमा भयाभह बन्दै कोरोना, दिनमै ३ जना कोरोना संक्रमितको मृत्यु

LC (KTM) May 28, 2021 0

काठमाडौ । एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय९डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर