काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना सङ्क्रमण भएको छ । कोराना देखिएपछि जबरालाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको बताइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । उनलाई आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।