ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक — OSNepal

ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

LC (KTM) November 29, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आउने दुई चरणको सबै खेल दशरथ रंगशालामा हुने भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले यसबारे जानकारी दिएको हो । एन्फाले आज लिग अन्तर्गत तेस्रो र चौंथो चरणको खेल तालिका सार्वजनिक गरेको छ।

जसमा दुबै चरणको खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने बताइएको छ । अब तेस्रो चरणको खेल भने मंसिर १७ गतेबाट सुरु हुने एन्फाले जनाएको छ । लिगमा अहिले १४ वटा क्लबले प्रतिष्पर्धा गरिरहेका छन् । यस लिगमा कुल ९१ खेल हुने छन्।

यस पटकको लिगमा पुछारमा रहने २ टिम रेलिगेसनमा पर्नेछन् । रेलिगेसनमा परेका टिम स्वतः बी डिभिजनमा घटुवा हुनेछन् । गत सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो भने उपबिजेता आर्मी बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर