म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना घाइते — OSNepal

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना घाइते

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग १ ज ७२ ५२ नम्बरको जीप बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको र एक जनाको भने अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । ज्यान गुमाउनेमा खिमनाथ शर्मा, गौमाया विक र खिमु पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय म्याग्दीले दिएको जानकारी अनुसार जीपका चालक दुतबहादुर पुनसहित ५ जनालाइ बेनी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये दूई जनाको अवस्था गम्भिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर