कोरोना लाग्दा श्रीमानले अलपत्र छोडेकी गर्भवतीलाई घरबेटीले पनि निकालेर सडकमा ल्याइदिएपछि भगवान बनेर आए यि वडाअध्यक्ष हेर्नुहोस भिडियो — OSNepal

कोरोना लाग्दा श्रीमानले अलपत्र छोडेकी गर्भवतीलाई घरबेटीले पनि निकालेर सडकमा ल्याइदिएपछि भगवान बनेर आए यि वडाअध्यक्ष हेर्नुहोस भिडियो

LC (KTM) May 27, 2021 0

काठमाडौं- भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् । सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएका हुन्छन । यस्ता उदाहरणहरु छन् श्रीमानको लागि श्रीमतीले ज्यानै दिन्छन । घरपरिवार आमाबुबा दाजुभाइ दिदिबहिनी सबै माइतीलाई छोडेर श्रीमानको घर आएकी श्रीमती श्रीमानलाई आफ्नो भगवान ठान्छिन । कतिपय श्रीमान(श्रीमती एक(अर्काका लागि जस्तोसुकै आपतमा पनि साथ नछोडी बसेका हुन्छन । केही हप्ता अगाडी झापा मेचीनगरकी १७ वर्षीय गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि श्रीमतीलाई अलपत्र छोडेर फरार भएका छन ।१७वर्षीय चेलीलाई गर्भवती अवस्थामा एक्लै बनाएर भाग्ने श्रीमानको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि घरबेटीले समेत घरबाट निकालिदिएका छन् । सडकमा बेवारिसे अवस्थामा रुँदै छट्पटाइरहेकी चेलीको छेउमा कोहि जान सकेनन । मानिसहरू छेउमा आउन लाग्दा छटपटाउँदै बोल्नै नसकेकी चेलीले आफूलाई कोरोना लागेको र कसैलाई छेउमा नआउन आग्रह गरेपछि उनको झनै विजोक भयो ।

यसैक्रममा रोइरहेकी चेलीलाई त्यहाँका वडाअध्यक्षले आफ्नो ज्यानको प्रवाह नगरी उनलाई बोकेर एम्बुलेन्समा लगे र अहिले उनको उपचार भइरहेको छ । उनलाई सडकबाट उठाएर अस्पताल लगेर भगवान बनेका वडा अध्यक्ष उनको अहिलेको अवस्थाको बारेमा जानकारी अनि सुरु देखिको दुनिया रुवाउने कहाँनी भन्दै मिडियामा आएका छन । श्रीमतीलाई कोरोना लागेको थाहा पाउने बित्तिकै श्रीमतीलाई सडकमा अलपत्र छोड्ने यूवा भेटिए त तलको भिडियोमा हेर्नुहोला । तपाइको मन रुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर