कमल थापालाई जनताले पछ्याउने अवस्था छैन,उहाँ टाईम टेस्टेस्ड भइसक्नुभयो : धवलशमशेर राणा — OSNepal

कमल थापालाई जनताले पछ्याउने अवस्था छैन,उहाँ टाईम टेस्टेस्ड भइसक्नुभयो : धवलशमशेर राणा

LC (KTM) November 29, 2021 0

काठमाडौँ १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीको नेतृत्व फेरि नेता कमल थापालाई दिन नहुने बताएका छन् ।

सोमबार रिर्पोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापालाई जनताले पछ्याउने अवस्था नभएको बताएका उनले भनेका छन्, ‘लिम्बुको छोराले हिन्दराष्ट्र र राजासहितको प्रजातन्त्र बोकेर हिँड्नुभएको छ, यसमा हामीले गर्व गर्छौं ।’ सांसद राजेन्द्र लिङदेनको ग्राफ माथि उठ्दै गएको छ ।

‘अहिले हाम्रो एजेण्डालाई विस्थापित गरेर गणतन्त्रवादीहरूले सत्ता चलाइरहेका छन् । हाम्रो पार्टीका एजेण्डा उत्कृष्ट छन् । अहिले पनि हाम्रा नेताहरू ग्राउण्डमा राम्रा छन् । हाम्रो नेताले अर्काको पार्टी र अरू नेतालाई उत्कृष्ट भनिदिँदा हामी निराश छौँ ‘ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर