कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी — OSNepal

कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी

LC (KTM) May 27, 2021 0

कास्की- कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गर्नुभएको हो । प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

नेकपा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट:- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो । प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताउनुभएको छ । यसअघि भने उहाँलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो । (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर