लिङदेनलाई थापाको चुनौती :अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं,दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न — OSNepal

लिङदेनलाई थापाको चुनौती :अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं,दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमत थापाले आउँदो महाधिवेशनमा अध्यक्षमा पदमा उम्मेदवार दिने घोषणा गरेका नेता राजेन्द्र लिङ्देनलाइ कडा चुनौती दिएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले आउँदो चुनावमा आफु फेरि एक पटक पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै नेता लिङदेनलाई कडा चुनौती दिएका हुन् ।

आफूलाई अध्यक्ष बनाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरु पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीको साथ रहेको बताएका थापाले आफूले सुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

लिङदेनलाई चुनौती दिँदै थापाले भनेका छन्,‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं । दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न’।

यसो होइन भने  चार वर्ष धैर्य गर्नुस् दस्ख गर्ने काम हामीलाई छाड्दिनु  हिन्दुराष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु थापाले भनेका छन् । 

आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता नभएको बताएका थापाले पुरानो नेतालाई जनताले पत्याउदैन मलाई पत्याउ पर्छ भन्ने हो भने पार्टी एकता नहुने समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर